Government of Gandaki Province

Ministry of Agriculture, Land Management and Cooperatives

Directorate of Agricultural Development

Agriculture Knowledge Center

Kushma, Parbat

About Us


पर्वत जिल्लाको कुल जनसंख्या मध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित रहेको छ । आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रणालीको प्रचार प्रसार गरि परंपरागत कृषिमा आधारित खेती प्रणालीमा सुधार ल्याई निर्वाहमुखि खेति व्यवसायलाई व्यवसायमुखि वनाई कृषकको जीवनस्तरमा बृद्वि ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई मध्यनजर राखि जिल्ला देशको आर्थिक वृद्धि विकासमा पनि सहयोग पुगोस् भन्ने अभिप्रायले आ.व. २०३३÷२०३४ सालमा जिल्ला कृषि विकास कार्यालयको स्थापना सँगै देशमा संघियता आए सँगै गण्डकी प्रदेश अन्र्तगत वि.स. २०७५ सालमा कार्य क्षेत्र पर्वत र बागलुङ हुने गरि कृषि ज्ञान केन्द्र, पर्वतको स्थापना भएको हो । २०७७ पुष १ गतेबाट लागु हुने गरी पर्वत र बाग्लुङमा छुट्टा छुटै ज्ञान केन्द्र स्थापना भर्इ हाल यस ज्ञान केन्द्र पर्वतले, पर्वत जिल्ला मात्र हेर्दै आएको छ।

उद्येश्य

यस कार्यालयले आफ्नो उद्देश्य अनुसार कार्यक्षेत्र भरी समान किसिमले प्राविधिक सेवा पु¥याउन सकियोस भन्ने अभिप्रायले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि  सहकारी तथा गरिवि निवारण मन्त्रालयको नयाँ सांगठनिक संरचना अनुसार कृषि ज्ञान केन्द्र, पर्वत मार्फत कृषि विकास कार्यक्रम कृषक समक्ष पुराउंदै आएको छ ।